काठमाडौं, १७ कार्तिक । हिजो इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु आज भने इजलासमा बसेका छन् । उनीहरु बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्न इजलासमा बसेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज ३ वटा एकल र ६ वटा संयुक्त गरी ९ वटा इजलास तोकेका छन् । ती सबै बन्दी प्रत्यक्षीकरणका मुद्दा हुन् ।
आज (बुधबार) दीपककुमार कार्की, प्रकाशकुमार ढुंगाना, मीरा खड्का, सुष्मलता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ, टंकबहादुर मोक्तान, कुमार चुडाल, आनन्दमोहन भट्टराई, कुमार रेग्मी, अनिलकुमार सिन्हा, मनोजकुमार शर्मा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, वमकुमार श्रेष्ठ र तेजबहादुर केसीका लागि इजलास तोकेका छन् ।
अहिले सबै इजलासमा सुनुवाई जारी रहेको जनाईएको छ । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा मागेर नेपाल बार एशोसिएशन आन्दोलित छ । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बारको चेतावनी छ । file photo




प्रतिक्रिया