काठमाडौँ, १८ कात्तिक । मेगा बैंक नेपाल लिमिटेडले दृष्टि आई केयरसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरको सेवामा विशेष छुट दिने सम्झौता गरेको जनाएको छ ।
सम्झौता पछि मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परिक्षण र ल्यावमा ५÷५ प्रतिशत तथा चश्मा खरिदमा ७.५० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।




प्रतिक्रिया