ग्लोबल आइएमई बैंकले ल्यायो एकैदिन तीन नयाँ शाखा सञ्चालनमा


काठमाडौं, १८ कात्तिक । ग्लोबल आइएमई बैंकले एकैदिन ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ ३ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

यी नयाँ शाखा कार्यालयहरु सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या २८६ पुगेको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले हाल २८६ शाखा, २५२ एटिएम, ४८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २६२ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तराष्ट्रिय प्रतिनिधि सम्र्पक कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।