गुराँस लघुवित्तको साधारण सभा आज हुँदै, के के छन् एजेन्डा ?


काठमाडौं, २२ कात्तिक । गुराँस लघुवित्त वित्तीय संस्थाको आज छैठौं वार्षिक साधारण सभा हुँदैछ ।

कम्पनीको सभाले आज गत आर्थिक वर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, अन्य वित्तीय संस्थासँग मर्जरको लागि संचालक समितिलाई अख्तियारी दिने, संस्थापक समुहबाट चार जना संचालक निर्वाचन तथा मनोनित गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ ।

लघुवित्तले गत आर्थिक बर्षको कमाइबाट १६ दशमलव ९० प्रतिशत बोनश र कर प्रयोजनका लागि ० दशमलव ८९ प्रतिशत नगद गरि कुल १७ दशमलव ८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

 

Skip This

Omoda E5 Pro