काठमाडौं, कार्तिक २५ । कोरोना महामारीका कारण जीविकोपार्जनको उपाय गुमाएका अति विपन्न वर्गमा पर्ने पाँच लाख परिवारलाई राहत रकम लिनका लागि निवेदन दिन सरकारले आह्वान गरेको छ।
कोरोना महामारीका कारण रोजगारी र आयआर्जनका अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अति विपन्न ५ लाख परिवारलाई राहत स्वरूप १० हजार रुपैयाँ दिन लागेको हो। यसैको दाबी गरी तोकिएको ढाँचामा निवेदन पेस गर्न अर्थमन्त्रालयले सम्बन्धित परिवारलाई आग्रह गरेको हो।
राहत रकम प्राप्त गर्न १५ दिनभित्र आफू स्थायी वा अस्थायी रूपमा बसोबासरत व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया