काठमाडौं, २५ कात्तिक । सर्वोच्च अदालतमा आज रोचक घटनाहरु भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एक दिन १७७ वटा पेसी तोकेका छन् ।
जबराले राजीनामा नदिने अडानसहित पेलेरै जाने रणनीति बनाएसँगै यति धेरै पेशी तोकेका हुन् । बन्दी प्रत्यक्षीकरणबाहेकका अधिकांश पेशीमा आफूसहित न्यायाधीशहरुको एकल तथा संयुक्त इजलास गठन गरेका छन् ।
न्यायाधीशहरु दिपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र तेजबहादुर केसी, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मलता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको संयुक्त इजलास तोकेका छन् । आफूसहित विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको एकल इजलास गठन गरेका छन् ।
यसैगरी, सर्वोच्च अदालत परिसरमा झडप भएको छ । प्रहरीले कानुन व्यवसायीहरुमाथि बल प्रयोग गर्न थालेपछि झडप भएको हो । यस क्रममा केही कानून व्यवसायी घाइते भएका छन् ।




प्रतिक्रिया