काठमाडौं, २६ कात्तिक । मेगा बैंक नेपाल लिमिटेडले थप ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरेको हो ।
बैंकले प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउपालिका १, बाग्मती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउपालिका वडा नम्बर १, चौतारा साँगाचोकगडी नगरपालिका वडा नम्बर ४ र धादिङ्ग जिल्लाको ज्वालामुखी गाउपालिका वडा नम्बर २, सातदोबाटोमा मेगा बैंकले शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरेको हो ।




प्रतिक्रिया