काठमाडौं, २७ कात्तिक । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीका उप महासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायालयको कुर्सिमा बसिरहन उचित नरहेको बताएका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीनिकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रवत्ता खतिवडाले यस्तो बताएका हुन् ।
‘मेरो पार्टीले यो विषयमा धारणा बनाएको छैन, म सरकारमा छु गठबन्धनले यस विषयमा धारणा बनाएको छैन् । तर, म व्यक्तिगतरुपमा भन्न चाहाँन्छु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायालयको कुर्सिमा बसिरहन उचित छैन्’, उनले भने ।
प्रवक्त खतिवडाले भने, ‘न्यायालय यति कुरुप, यति दरिद्रहिन बनाएर यसको नेतृत्व मैले गरिरहेको छु भन्ने कसैले सम्झिनेछ भने त्यसले मुलुकलाई अर्को नयाँ प्रकारका रडाको तिर धकेलिरेको हुनेछ’ ।
साथै, न्यायालयमा देखिएको अहिलेको घटना देखिनुपर्ने घटना भएको बताउदै उनले देशको कुशासन न्याय क्षेत्रबाट प्रकट भएको बताएको उल्लेख गरेका थिए ।
‘न्यायालयमा भएको विकृति आज हामीले देखेका छौं । आज जुन प्रकारको घटना न्यायालयमा घटिरहेको छ यो घट्नै पर्ने घटना घटिरहेको जस्तो लागेको छ । यसो हुनुहुँदैन भन्ने धेरै जनालाई लागेको छ । तर, न्यायलय शान्तरुपमा नियममा, शुशासनमा र भ्रष्टचारको विरुद्धमा चलिरहेको भए यस्तो हुनुहुँदैन थियो । तर, देशमा कुशासन यति व्याप्त रहेको छ त्यसैको न्याय क्षेत्रको प्रटकिकरण भएको छ न्याय क्षेत्रमा अहिलेको यो घटना’ उनले भने ।




प्रतिक्रिया