काठमाडौं, २८ कात्तिक । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । नेप्से आज १ दशमलव ३८ अंकले घटेर २६ सय ८८ दशमलव ९१ विन्दुमा थामिएको हो । तर सेन्सेटिभ इन्डेक्स भने आज ० दशमलव २५ अंकले बढेर ५०२ दशमलव ४४ उच्च विन्दुमा पुगेको हो ।
आज २३० कम्पनीको ६१ हजार ४०५ पटक कारोबार भएर ४ अर्ब ९६ करोड २१ लाख ९ हजार ५२५ रुपैयाँ बराबरको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर किनबेच भएको छ ।




प्रतिक्रिया