काठमाडौं, ३० कार्तिक । सरकार सञ्चालनमा सहयोग पुर्याउनको लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्ने भएको छ । समितिका संयोजक रामचन्द्र पौडेलले आज दिउँसोको लागि बैठक बोलाएका छन् । आजको बैठकमा समितिको कार्यविधि तयार पारिने बताईएको छ ।
त्यस्तै, समितिको सचिवालय पनि गठन गरिने एक नेताले जनाए । तर, आजको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भने नजाने भएका छन् । उनले समन्वय समिति गठन गरिएकोमा नै आपत्ति जनाउँदै आएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले आफू समन्वय समितिको बैठकमा नजाने निर्णय सुनाएका थिए । file photo




प्रतिक्रिया