भीम रावलको टिप्पणी : संवैधानिक आयोगका पदाधिकारीले न्यायालयबारे विज्ञप्ती निकालेर आफ्नो मयार्दाको धज्जी उडाए


काठमाडौं, १ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले संवैधानिक आयोगका पदाधिकारीहरुले न्यायालयबारे विज्ञप्ती निकाले आफ्नो क्षेत्राधिकार र मर्यादाको धज्जी उडाएको टिप्पणी गरेका छन् ।हिजोमात्रै संवैधानिक आयोगका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा विज्ञप्ती निकालेका थिए । त्यसलगत्तै रावलले सामाजिक सञ्जालमार्फत त्यसको विरोध गरेका हुन् ।

उनले अघि लेखेका छन्–‘प्रधान न्यायाधीशका सामु इतिहासमै पहिलो पटक न्यायिक नैतिकता र जिम्मेवारीबोधको गम्भीर प्रश्न उठिरहेको बेला यसबारे संवैधानिक आयोगका पदाधिकारीहरूले विज्ञप्ति निकालेर क्षेत्राधिकार र मर्यादाको धज्जी उडाएका छन्।यसबाट सरकार, अदालत र नियुक्ति पाउनेहरू बीचको साठगाँठ कै पर्दाफास भएको छ।’