गोकुल बाँस्कोटाको टिप्पणी : एमालेभित्र आफुलाई खोजौं, आफुअनुकुलको एमाले खोज्ने होइन


काठमाडौं, १ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो पार्टीविरुद्धको घेराबन्दी तोड्ने नीति र विधि विधान महाधिवेशनले बनाएको बताएका छन् । अब त्यसलाई व्यवहारमा उतार्न चिवतनबाट सुदृढ एकताको ईन्द्रेणी नेतृत्व चुन्ने काम हुने पनि बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–’एमाले विरूद्दको घेराबन्दी तोड्ने नीती र बिधी बिधानमहाधिवेशनले बनायो।अब त्यसलाई ब्यवहारमा उतार्न दृढ ईच्छाशक्ति,गतिशीलता र सुदृढ एकताको ईन्द्रेणी नेत्तृत्व चुन्ने काम चितवनबाट भैहाल्छ।बलीयो एमाले देशको निकास र बिकासको आधार हो।एमालेभित्र आफुलाई खोजौ आफु अनुकुलको एमाले खोज्ने होइन।’