काठमाडौं, ३ मंसिर । बैंक अफ काठमाण्डू लिमिटेडले सन स्टार होटलसँग सम्झौता गरेको छ । दुई संस्थाबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको हो ।
सम्झौता पश्चात् बैंकका ग्राहकहरुले सन स्टार होटलमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा १०% छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । सन स्टार होटलले भैरहवाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।




प्रतिक्रिया