सुर्खेतमा खसीको मासुको मूल्य बढ्यो


कर्णाली, ५ मंसिर । सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । प्रतिकेजी रु ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर रु ९०० पु¥याइएको सुर्खेत मासु व्यवसायी सङ्घले जनाएको छ । यो मूल्य आज (आइतबार) देखि लागू हुनेछ ।

सङ्घका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले सुर्खेतबाट नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, काठमाडौँलगायतका ठूला सहरमा खसीबोका निर्यात हुन थालेपछि मूल्य बढाउनुपरेको बताए । मूल्य समायोजनका लागि अब खसीबोकाको मासु प्रतिकेजीमा रु १०० बढाइएको उनकोे भनाइ छ ।

“किसानले बढी मूल्य पाएपछि जिल्ला बाहिर निर्यात गर्न थाले, जिउँदो खसीबोका प्रतिकेजी रु ५५० सम्म खरिद गर्नुपरेको छ”, वीरेन्द्रनगरका मासु व्यवसायी जनक थापाले भने, “खसीबोकामा अभाव देखियो, बढी मूल्य तिरेर खरिद गर्नुपर्दा मूल्य बढाउनुको विकल्प रहेन ।” जिल्लास्थित सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीलाई जानकारी गराएर मूल्यवृद्धि गरिएको सङ्घले जनाएको छ । रासस

Skip This

Omoda E5 Pro