काठमाडौं, ६ मंसिर । शेयर बजारमा आज झिनो अंकको बृद्धि भएको छ । साताको कारोबारको दोस्रो दिन आज नेप्से ७ दशमलव ९० अंकले बृद्धि भएर २७ सय ६५ दशमलव ४३ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव २१ अंकले बढेर ५१९ दशमलव ४६ विन्दु कायम भएको हो ।
नेप्सेको अनुसार आज २२५ कम्पनीको ५१ हजार ५२६ पटक कारोबार भएर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६ सय २७ कित्ता शेयर खरिद विक्रि भएको छ ।




प्रतिक्रिया