काठमाडौं कांग्रेस सभापतिमा सर्वाधिक मतसहित बानियाँ निर्वाचित


काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण बानियाँ (सबुज) निर्वाचित भएका छन् । बानियाँले १९ सय ५७ सर्वाधिक मत प्राप्त गर्दै प्रतिद्धन्दी उपेन्द्र कार्कीलाई ९ सयले पराजित गर्दै दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मि निर्वाचित भएका छन् । केसीले १९ सय २२ मत र नकर्मीले १८ सय २९ मत प्राप्त गरेका छन् । आइतबारको भएको चुनावमा सचिवमा इन्द्र बहादुर थापा र गोविन्द पुडासैनी निर्वाचित भएका छन् । सभापति बानियाँ कांगे्रस नेता प्रकानमान सिंहका नजिकका हुन् ।

नेपाली कांग्रेस काठमाडौ पदाधिकारी हरुको अन्तिम मतगणना अपडेटः
अन्तिम मत परिणाम
सभापति
१. कृष्ण बानियाँ (सबुज) १९५७ विजयी
२. उपेन्द्र कार्की १०८९
उपसभापति
१. गोकर्ण के.सि १९२२ विजयी
२. धर्मराज अर्याल १०४७
३. राजकुमार नकर्मि १८२९ विजयी
४. रामलाल श्रेष्ठ ९४३
सचिव
१. इन्द्र बहादुर थापा १९१५ विजयी
२. कुमार राज सुबेदि ८५८
३. गोबिन्द पुडासैनी १८१७ विजयी
४. सागर दास रन्जित ९४४
सह–सचिव
१. प्रा.डा अमिता प्रधान २०६६ विजयी
२. रोमलाल श्रेष्ठ १७७५ विजयी
३. सुस्मिता प्रधान ९८८
४.लक्षम्ण गौतम ९०२

Skip This

Omoda E5 Pro