स्वतन्त्र कानून व्यवसायीहरुले मागे बारका पदाधिकारीको राजीनामा, बरिष्ठ अधिवक्ता श्रेष्ठले के भने ?


काठमाडौं, १९ मंसिर । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीहरुले न्यायालयको स्वतन्त्रता र अखण्डता सिध्याउने खेलमा भुमिका निर्वाह गरेको भन्दै नेपाल बार एशोसिएसनका विभिन्न पदाधिकारीहरुको राजीनामा माग गरेको छ । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीहरुले पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका छन् ।

उक्त पत्रकार सम्मेलनमा बरिष्ठ अधिवक्ता ध्रुव श्रेष्ठ, स्वतन्त्र कानून व्यवसायीहरुको संयोजक स्वागत नेपालले सम्बोधन गरेका थिए । उनीहरुले खासगरी बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौड्याल र बारका उपाध्यक्ष रक्षा वस्याललगायतको राजीनामा मागेका थिए ।

बारका पदाधिकारीले तत्काल राजीनामा नदिए देशव्यापी रुपमा आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । बरिष्ठ अधिवक्ता ध्रुव श्रेष्ठले बारको आन्दोलनको उद्देश्य नै गलत रहेको टिप्पणी गरे । उनले बारको आन्दोलनले न्यायालयलाई सडकमा पु¥याउने काम गरेको आरोप लगाएका थिए ।

उनले न्यायायपालिकको गरिमामा आँच आउने खालेको आन्दोलन गर्नु नै बारको अध्यक्ष लगायत पदाधिकारीहरुको ऐतिहासिक कमजोरी भएको टिप्पणी गरे । त्यतिमात्रै नभएर गोलाप्रथा लागु भएको अवस्थामा पनि बारका पदाधिकारी न्यायाधीशहरुको ईजलाशमै पुगेर न्यायाधीशहरुलाई इजलास बस्न मिल्दैन भन्दै धम्क्याउने कार्य गर्नु असभ्यताको पराकाष्ठा भएको उनको भनाई थियो । Video Source : Corporatekhabar