इच्छाराज तामाङको बिरुद्ध संघर्षमा उत्रिए पीडित (फोटोफिचर)


काठमाडौं, २३ मंसिर । सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लि काठमाडौंका बचतकर्ताले आफुले बचत गरेको रकम पाउनु पर्ने माग गर्दै इच्छाराज तामाङको बिरुद्धमा प्रर्दशन गरेका छन् ।

उनीहरुले ठगी तथा संगठित आर्थिक अपराधमा संलग्न इच्छाराज तामाङको गिरोह थुनाबाट छुट्न नपाओस, फरार विपक्षी श्रीजना शाक्य तामाङ, प्रतिक्षा तामाङ, प्रतिष्ठा तामाङ तथा अन्यलाई प्रक्राउ पुर्जि जारि होस गिरोहलाई ठगि तथा संगठित आर्थिक अपराधमा हदै सम्मको सजाय होस तथा वचतकर्ताले आफ्नो पैसा फिर्ता पाउन माग राख्दै प्रदर्शन गरेका हुन् ।

‘सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लि काठमाडौंका बचतकर्ताले आफुले बचत गरेको रकम २ वर्ष देखि नपाएपछि २०७८ असोज ५ गते ४४ जान बचतकर्ताले सहकारिका विषेश सल्लहकार तथा पूर्व अध्यक्ष इच्छा राज तामाङ हालका अध्यक्ष केशव लाल श्रेष्ठ, लेखा समितिका सदस्य श्रीजना शाक्य तामाङ तथा अन्य संचालकहरु विरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरु दिएका थिए’ विज्ञप्तीमा लेखिएको छ । तर, पीडितहरुले अझै आफुहरुले जम्मा गरेको पैसा पाउन सकेका छैनन् । तस्विरः मुकुन्द कालीकोटे

 

 

Skip This

Omoda E5 Pro