देउवा प्यानलमा शंशाक पछि गणेश लामाको नाम


काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका जारी प्रधानमन्त्री एवंम कांग्रेस सभापति शेरबहादुर देउवाको समूहको लिस्टमा गणेश लामाको समेत नाम देखिएको छ।

सार्वजनिक लिस्टमा गणेश लामाको नाम केन्द्रीय सदस्य खुल्लामा ३५ जनाको कोटामा गृहमन्त्री बालकृष्ण खाँण, डा शंशाक कोइरालापछि राखिएको छ ।

सभापतिमा देउवा उपसभापतिमा विजय कुमार गच्छदार, पूर्ण बहादुर खड्का महामन्त्रीमा डा प्रकाश सरण महत, प्रदीप पौडेलको नाम रहेको भने केन्द्रीय सदस्य खुल्लामा ३५ जनाको कोटामा गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, डा शंशाक कोइराला, गणेश लामाको नाम रहेको छ । लामाको नाम २८ औँ नम्बरमा देखिन्छ ।

Skip This

Omoda E5 Pro