नबिल बैंकको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ


काठमाडौं, २ पुस । नबिल बैंक लिमिटेडको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीले निष्काशन भईसकेको ८ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको हो ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र गत साउन १० गतेदेखि २४ गतेसम्म विक्री गरेको थियो । बैंकको अनुसार डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गरेसँगै अब ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब नबिल इन्भेष्टमेण्ट बैैंकिङ लिमिटेडमार्फत हुने भएको छ ।

 

Skip This