३२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै सबैको लघुवित्तको साधारण सभा सम्पन्न


काठमाडौं, ४ पुस । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको शनिबार साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा तनहुँको बन्दिपुर माउन्टेन रिसोर्टमा सम्पन्न भएको हो ।

हिजो बसेको सभाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनश शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट समितिका अध्यक्षले पेस गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु छलफल गरी सभाबाट पारित गरिएको संस्थाले जनाएको छ ।

यसैगरी, सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/७९ को बाह्य लेखापरीक्षण कार्यको लागि संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने, यस वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।