‘कोरोना खोप नलगाएकाहरुको मृत्यु हुन सक्छ’–बाइडेन


एजेन्सी, ५ पुस । विश्वभर कोविड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले तहल्का मच्चाइरहेको छ । कोरोनाविरुद्धको खोपलाई लिएर आजसम्म पनि जनचेतना फैलाइएको छ । जसले कोरोना खोप लगाएका छैनन् उनीहरुलाई ओमिक्रोन धेरै खतरा हुने विशेषज्ञहरुले बताइरहेका छन् ।

ओमिक्रोन डेल्टाभन्दा धेरै खतरनाक बताइएको छ । यसैक्रममा अमेरिकाका राष्ट्रपति जो बाइडेनले खोप नलगाएका मानिसहरुको मृत्यु पनि हुन सक्ने बताएका छन् । उनले ओमिक्रोन गम्भिर प्रकारको चिसोमा देखिएको पनि जानकारी दिए । यदि खोप लिएर पनि नयाँ भेरियन्टको बारेमा चिन्ता लागेमा बुस्टर डोज लिन समेत आग्रह उनले गरेका छन् ।

ओमिक्रोन भेरियन्टका लक्षण
-हल्का ज्वरो
-घाँटी दुख्ने
-टाउको दुख्ने
-मांशपेशीहरुमा दुखाई
-गन्ध र स्वाद दुवै थाहा पाउने
-केही व्यक्तिमा अस्म्प्टिोमेटिक