कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) मा क-कसले मारे बाजी?


काठमाडौं, पुस ७ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) मा देवेन्द्रराज कँडेल दुई हजार ७२७ तथा चन्द्रबहादुर केसी दुई हजार २६७ मत प्राप्त गरी विजयी भएका हुन्। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते दुई पदका लागि मतदानको भएको थियो ।

यस्तै महेन्द्रकुमार शर्माले एक हजार ७७३, लेखनाथ पोखरेलले एक हजार ५२७, प्रदीपराज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत प्राप्त गरेका छन् ।

केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) महिलातर्फ शिला शर्मा खड्का दुई हजार ६७३ मत प्राप्त गरी विजयी भएका छन्। यस्तै रीता सेन ओलीले एक हजार ४६३ र भगवती काफ्ले (भण्डारी)ले ४१४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

Skip This

Omoda E5 Pro