काठमाडौं, २१ पुस । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से आज ३० दशमलव ७७ अंकले घटेर परिसुचक २६ सय ४९ दशमलव १८ विन्दुमा रोकिएको हो । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६७ अंकले घटेर ४९७ दशमलव ३ विन्दुमा थामिएको हो ।
बुधबार नेप्सेमा आज २३६ कम्पनीको ५८ हजार ५७२ पटक कारोबार भएर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँ बराबरको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर किनबेच भएको जनाएको छ ।





प्रतिक्रिया