कुनैपनि बहानामा चुनाव टार्नु प्रतिगामी कार्य हुनेछ : कमल थापा


काठमाडौं, १४ माघ ।राप्रपाका पूर्व अध्यक्ष कमल थापाले कुनैपनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरित र प्रतिगामी कार्य हुने टिप्पणी गरेका छन् । थापाले आज सामाजिक सञ्जालमार्फत थापाले यस्तो कुरा उठाएका हुन् ।

उनले संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको र कुनैपनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा नभएको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्-

संविधानमा तिनतहको सरकारको व्यवस्था छ।कुनैपनि तहको सरकार निर्वाचित प्रतिनिधिविहिन हुने परिकल्पना संविधानमा छैन।यहि मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो।कुनैपनि वहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरित प्रतिगामी कार्य हुनेछ। 

Skip This

Omoda E5 Pro