नेप्सेमा धेरैदिन पछि हरियाली, २ अर्बमा खुम्चियो कारोबार


काठमाडौं, ९ फागुन । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा हरियाली छाएको छ । सोमबार सम्पुर्ण समुहका नेप्से परिसुचक बढेका छन् । आज नेप्से परिसुचक २५ दशमलव ४१ अंकले बढेर २७ सय १८ दशमलव ५१ विन्दु कायम भएको छ ।

त्यस्तै शेयर बजार सुचक सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव १५ अंकले बढेर ५१८ दशमलव ७९ बिन्दुमा रोकिएको छ ।

आज २२४ कम्पनीको २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ बराबरको ४९ लाख ९२ हजार ८ सय ७९ कित्ता शेयर कारोबार भएको नेप्सेले. जनाएको छ ।