काठमाडौं, १५ फागुन । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेताहरुको नामै लिएर एमसीसीबारे जनतासँग झुट बोलेको आरोप लगाएका छन् । एमसीसी अगाडि बढाउँदा १० वटा मन्त्रिमण्डल बनिसकेको उल्लेख गर्दै कतिपय नेताहरुले भ्रम फैलाउन झूट बोलिरहेको आरोप लगाएका हुन् ।
‘जनतासँग कति झूट बोल्ने ?’ प्रतिनिधि सभाको बैठकमा एमसीसीबारेको छलफलमा बोल्दै थापाले भने,‘एमसीसी अगाडि बढाउँदा विभिन्न मन्त्रिमण्डलले निर्णय गर्दा यहाँ विरोधनमा बोल्नुभएका कतिपय माननीयहरु प्रधानमन्त्री र मन्त्री हुनुहुन्थ्यो ।’
विगतमा मन्त्रिपरिषदमाा बसेर एमसीसीबारे निर्णयहरु गरेर अहिले जनतालाई उचालेको आरोप समेत लगाए । उनले भने,‘मन्त्रिपरिषदमा आफै बस्ने आज आफै विरोध गर्ने लाज नमानी बोल्ने ?’
थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री गिरिराजमणि पोखरेल देखि पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको नामै लिएर एमसीसीमा झूट नबोल्न भने । निकै कडा रुपमा प्रस्तुत भएका थापाले एमसीसी अनुमोदन गर्न संकल्पसहित बढ्न आग्रह गरे ।
थापाले भारत, चीन, अमेरिकालगायत देशहरुसँग सहयोग जतिसक्दो बढी लिनसक्नुपर्ने बताए । जनतालाई आश्वस्त पार्नुपर्नेमा उनले जोड दिए ।




प्रतिक्रिया