नेपाल-भारतबीच जीटूजीमार्फत् रासायनिक मल खरिद गर्ने सम्झौता


काठमाडौं, १६ फागुन । नेपाल र भारतबीच रासायनिक मल (युरिया र डीएपी) मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल युरिया र डीएपी मल आपूर्तिका लागि दुवै देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारी अनुसार पाँच वर्षका लागि जी(टू(जी ९सरकार(सरकार० प्रक्रियामा मल खरिद गर्ने उल्लेख छ । समझदारीपत्रमा नेपालका तर्फबाट कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्मा र भारतका तर्फबाट रसायन एवं मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले हस्ताक्षर गरेका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितमा आयोजित भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर एवं समझदारी पत्रको आदानप्रदान भएको हो।

सम्झौता पाँच वर्षका लागि हुने छ। सम्झौता अनुसार चालु आर्थिक वर्ष २०७८र७९ मा १ लाख ५० हजार टन मल ल्याइनेछ।

हस्ताक्षर समारोहमा बोल्दै भारतका सचिव राजेश कुमार चतुर्वेदीले नेपाल र भारतबीचको निकट एवम् बहुपक्षीय सम्बन्धको चर्चा गरे । दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पु¥याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा समेत गरे ।

दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ ।