काठमाडौं, १७ चैत्र । सामान्यतया मन्त्रिपरिषदले उच्च प्रहरी अधिकृतहरुको बढुवा गरेको केही दिनपछि मात्र फुली लगाइदिने प्रचलन छ । तर, आज मन्त्रिपरिषदले नेपाल प्रहरीका तीन डिआइजीलाई एआइजीमा बढुवा गरेलगत्तै प्रहरी प्रधान कार्यालय नक्शालले फूली लगाइदियो ।
बढुवाविरुद्ध तीनजना डिआइजी सर्वोच्च अदालत पुगेपछि सरकारले प्रक्रिया छिटो छिटो बढाएर र्दज्यान्ही चिन्ह लगाउन निर्देशन दियो । एआइजीमा बढुवा भएका वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई नक्शालमा आइजीपी शैलेश थापा क्षेत्रीले फूली लगाइदिए । फूली लगाउँदा एआइजी विश्वराज पोखरेल पनि साथमै थिए ।
आज बढुवा हुनेमध्येबाट सिंह र धानुक भावी आइजीपीको दाबेदारमा परेका छन् । उनीहरुको प्रतिष्पर्धा यसअघि नै एआइजीको बढुवा पाएका विश्वराज पोखरेल र सहकुल थापासँग हुनेछ ।
तीन डिआइजीलाई यसकारण हतार हतार एआइजीको फूली
धीरजप्रताप सिंहलाई आइजीपी बनाउन बाटो खुलाइएको हो ?






प्रतिक्रिया