एजेन्सी, १८ चैत्र । आईपीएलमा बिहीबार चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्ट्सबीचको खेल भएको थियो । खेलमा दुवै टोलीले उत्कृष्ट खेल देखाएपनि अन्तिम खेल लखनउको नाममा रह्यो र चेन्नईलाई ६ विकेटले पराजित गरेको थियो । खेलका क्रममा धेरै अविस्मरणीय पलहरु पनि देखिए । लखनउका मेन्टर गौतम गम्भीर महेन्द्र सिंह धोनीसँग कुराकानी गरिरहेको देखिए । यो देखेर फ्यानहरु निकै खुसी भए ।
सामान्यतया गम्भीरले धोनीको दैनिक आलोचना गरिरहन्छन्। खेल सकिएपछि गम्भीरले धोनीका लागि सामाजिक सञ्जालमा एउटा पोस्ट पनि राखे, जसको क्याप्सन यस्तो थियो– कप्तानसँग राम्रो भेट भयो ।
खेलको १९ औं ओभरमा इभिन लुइसले छक्का प्रहार गर्दा गम्भीरको प्रतिक्रिया हेर्न लायक थियो। खेल जितेपछि गौतम निकै खुसी देखिएका थिए ।
चेन्नई सुपर किंग्सका नयाँ कप्तान रविन्द्र जडेजाकी पत्नी रिवाबा जडेजा चेन्नई सुपर किंग्सलाई चियर गर्न आइन् । उनका छोराछोरी पनि साथमा थिए ।
खेलमा चेन्नईका पूर्व कप्तान महेन्द्र सिंह धोनीले पहिलो बलमा उत्कृष्ट छक्का प्रहार गरेका थिए । यो देखेर उनका फ्यानहरु निकै खुसी भएका छन् ।
गम्भीर र धोनीबीच बारम्बार विवादको खबर आउने गर्छ तर खेलपछि दुवै खेलाडी आपसमा कुरा गरिरहेको देखियो ।
आईपीएल २०२२ मा धोनीले उत्कृष्ट सुरुवात गरेका छन् । पहिलो खेलमा उनले ब्याटिङमा उत्कृष्ट अर्धशतक बनाएका थिए । त्यस्तै दोस्रो खेलमा धोनीले ६ बलमा १६ रन बनाएका थिए ।
खेलमा सबै बलरहरु ध्वस्त भएपनि लखनउका रवि बिश्नोईले ४ ओभरमा २४ रन दिएर २ विकेट समेत लिए ।
३६ वर्षीय रोबिन उथप्पाले २७ बलमा ५० रन बनाए । लखनऊका बलरहरूले उनको विरुद्धमा बाउन्सर बल प्रयोग गरिरहेका थिए, तर उनी आत्तिएनन्।
एक समय लखनउले खेल हार्छ भन्ने लाग्थ्यो तर लुइस र बडोनीले १३ बलमा ४० रनको साझेदारी गर्दै खेल जितेका थिए । खेलमा एक विकेट लिएर ड्वेन ब्राभो आईपीएल इतिहासमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले श्रीलंकाका लसिथ मालिंगाको कीर्तिमान तोडे ।
चेन्नईले यो सिजन दुई खेलमा हार बेहोरेको छ । लखनउ विरुद्ध खेलाडीहरूले धेरै सजिलो क्याच छोडे, यदि यी क्याचहरू समातेको भए खेल चेन्नईको पक्षमा हुन सक्छ।




प्रतिक्रिया