त्रिकोणात्मक टी-ट्‍वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको फाइनल आज: नेपाल र पिएनजीसंग भिड्दै


काठमाडौं, चैत २१ । त्रिकोणात्मक टी–ट्‍वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको फाइनलमा आज नेपाल र पपुवान्युगिनी (पिएनजी) वीच प्रतिस्पर्धा हुँदैछ।

नेपाल यस श्रृंखलामा अपराजित रहँदै फाइनल खेल जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । यसअघिको पीएनजीसँगको दुई खेलमा नेपालले पहिलो खेलमा १५ रन र दोस्रो खेलमा आठ विकेटको सानदार जित निकालेको थियो ।

आजको फाइनल खेलमा बाह्रौं खेलाडीका रुपमा घरेलु दर्शक रहने भएकाले नेपाल उपाधी हात पार्दै पीएनजीलाई स्तब्ध पार्ने दाउमा रहेको छ । खेल आज दिउँसो साढे १२ बजे टीयू क्रिकेट खेल मैदानमा हुनेछ ।।