सुनिल–झरनाको प्रश्नः आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईलाई बांकी राख्छ त ?


काठमाडौं, २९ चैत्र । ‘ए मेरो हजुर ४’का निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले कुनै पनि हालतमा फिल्म रिलिजको मिति नसर्ने बताएका छन् । आज झरना र सुनिलले आफुहरुले रोजेको र तोकेको मैदान छाडेर एकरत्ती पनि पछि नहट्ने स्पष्ट पारेका हुन् ।

आगामी बैशाख १ गते बिहीबार झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ४’ रिलिज हँदैछ । सोही दिन भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’रिलिज हुँदै छ ।

थापा दम्पत्तिले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै निकै आक्रोस व्यक्त गरेका छन् । उनीहरुले मेरो हजुरको चौथो श्रृङखला मेरो हजुर–४ लिएर पूर्वघोषित मितिमै बैशाख १ नै सम्पूर्ण हलहरुमा आउने पनि अडान लिएका छन् । कतिपयले निर्धारित मितिबाट पछि हट्न लागेको हल्ला चलाइरहेको भन्दै थापा दम्पतिले आफुहरुसँग भएको स्रोत, साधन,बजार र प्रबिधीअनुसार पूर्ण इमान्दारिताका साथ ञए मेरो हजुर–४ निर्माण गरेको पनि उल्लेख गरेका छन् ।

उनीहरुले लेखेका छन्,‘अहिले हामी बिदेशी चलचित्रसंग एक्लै लड्नु परेको छ, भोलि तपाईले पनि लड्नु पर्ने नै छ । बुढी मरि भन्दा पनि काल पल्कीएको हेक्का राख्नु हुन मेरो बिनम्र अनुरोध छ । चलचित्रकर्मी मित्रहरु, आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईलाई बांकी राख्छ त ? यो तथ्यलाई बिचार गर्नु होला । बांकी फैसला..दर्शक रुपी भगवानको जिम्मामा… ’

सम्पूर्ण नेपाली दर्शकबृन्द,शुभचिन्तक, हितैषी,शुभेच्छुक, संचारकर्मी तथा सहयोगी मनहरुमा हार्दिक नमस्कार ।
हामी तपाईंहरु माझ तपाईहरुले नै मन पराएर सुपरहिट बनाउनु भएको चलचित्र ञए मेरो हजुरझ को चौथो श्रृङखला ञए मेरो हजुर(४झ लिएर पूर्वघोषित मिति अर्थात नयाँ बर्ष ०७९,बैशाख १रब्उचष् िज्ञद्ध मै देशभरका सम्पूर्ण हलहरुमा आउदैछौ ।

हामीले हाम्रो पहिलो चलचित्र ञधर्मसंकटझ देखि ञगोर्खालीझ,ञए मेरो हजुरझ ञतक्दिरझ लगायत सबै चलचित्रमा यहांहरुको असीम माया, साथ र हौसला पाइरहेका छौ । तपाईहरु नै हाम्रो पहिलो र अन्तिम तागत हुनुहुन्छ । त्यसैले ञए मेरो हजुर(४झ लाई पनि तपाईहरुको अझ धेरै साथ र सद्भावको जरुरी परेको छ ।

कतिपयले हामी निर्धारित मितिबाट पछि हट्न लागेको हल्ला चलाइरहेको हामीले थाह पायौं । यसमा हामीलाई दुस्ख लागेको छ । हामीले हामीसंग भएको स्रोत, साधन,बजार र प्रबिधीअनुसार पूर्ण इमान्दारिताका साथ ञए मेरो हजुर(४झ निर्माण गरेका छौ । हामी, हामीले दर्शकलाई गरेको वाचाप्रति कटिबद्ध छौ । चाहे जस्तोसुकै परिस्थिति आओस, हामी हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ती पनि पछि हटेका छैनौ। यसमा नेपाली चलचित्रको भलो नचाहनेहरु ढुक्क भए हुन्छ । हाम्रो चलचित्र सम्पूर्ण हलहरुमा पुगीसकेको छ । हामी बैशाख १ मै दर्शकमाझ आउछौ ।

अहिले हामी बिदेशी चलचित्रसंग एक्लै लड्नु परेको छ, भोलि तपाईले पनि लड्नु पर्ने नै छ । बुढी मरि भन्दा पनि काल पल्कीएको हेक्का राख्नु हुन मेरो बिनम्र अनुरोध छ । चलचित्रकर्मी मित्रहरु, आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईलाई बांकी राख्छ त रु यो तथ्यलाई बिचार गर्नु होला ।

बांकी फैसला।।दर्शक रुपी भगवानको जिम्मामा।।
३जय नेपालरजय नेपाली चलचित्रर जय दर्शक । जय ३ए मेरो हजुर-४