गठबन्धनको बैठक पुनः सुरु


काठमाडौं, ५ बैशाख । सत्तारुढ दलको पाँचदलिय गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक फेरी सुरु भएको छ । शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

अहिले बसेको बैठकले महानगर र उपमहानगरको भागबण्डाको विषयमा छलफल गर्ने र टुंगो लगाउने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्डसहित वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल र जसपाबाट बाबुराम भट्टराई लगायत अन्य नेताहरु सहभागि भएका छन् ।