नेविसंघको ५३औं स्थापना दिवस आज, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने


काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को आज ५३औं स्थापना दिवस हो ।

आफ्नो स्थापना दिवसको अवसरमा नेविसंघले आज आगामी स्थानीय तहको निर्वाचनमा नेविसंघको भुमिकाको विषयक विचार गोष्ठीको आयोजन ागर्ने भएको हो ।

मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।

यसको साथै नेविसंघले आफ्नो एप सार्वजनिक गर्दैछ । नेविसंघको साधारण सदस्यतालाई अनलाइन प्रणालीमार्फत व्यवस्थित बनाउने जनाएको छ ।