निर्वाचन आयोगको निर्णय सदर


काठमाडौं, बैशाख ७ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि साविकको पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

यससँगै जनप्रतिनिधिले फेरि चुनावमा उम्मेदवारी दिन राजीनामा दिनुपर्ने आचारसंहिताको व्यवस्थाविरूद्ध सर्वोच्चमा परेको रिट खारेज भएको छ ।न्यायाधीश तेजप्रसाद केसी र तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार रिट खारेज गर्ने फैसला गरेको सर्वोच्च प्रवक्ता विमल पौडेलले जानकारी दिए।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।आयोगले जारी गरेको आचार संहिताको परिच्छेद ९ को धारा ३६ मा बहालवाला जनप्रतिनिधि, सरकारको पारिश्रमिक लिने व्यक्तिले उम्मेद्वारी दिन राजीनामा दिनुपर्ने उल्लेख छ ।

Skip This

Omoda E5 Pro