काठमाडौं, ७ बैशाख सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि काममा फर्कने बाटो खुलेको छ ।
सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै हाललाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
सत्ता घटक दलका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस नेता महेश आचार्यलाई स्मरण गर्दै घुमाउरो पाराले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछी अर्थमन्त्रीबाट राजीनामा दिनुभयो !’





प्रतिक्रिया