चितवन कांग्रेस सभापतिको केन्द्रीय परिपत्र भन्दा बाहिर नजान कार्यकर्तालाई आग्रह


काठमाडौं, ९ बैशाख । नेपाली कांग्रेस चितवनले गठबन्धन विरोधी गतिविधि नर्गन आफ्ना कायकर्तालाई आग्रह गरेको छ । जिल्ला सभापति राजेश्वर खनालले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय परिपत्र भन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नर्गन र नगराउनका लागि सबै तहका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

खनालले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यो प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै साथीहरुसग विनम्रताका साथ आग्रह गर्दछु ।’

आसन्न स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसले गठबन्धनलाई आत्मसाथ गरि अगाडि बढ्ने कुरालाई ध्यान दिँदै नेपाली काङ्ग्रेसको केन्द्रीय परिपत्र अनुसार गठबन्धन विरोधी गतिविधि नगर्न समेत उनले आग्रह गरेका छन् ।

Skip This

Omoda E5 Pro