काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार जोशीले गरे उम्मेदवारी दर्ता


काठमाडौं, ११ बैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार आनन्दराज जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले अन्य उम्मेदवारले भन्दा पहिले उम्मेदवारी दर्ता गराएको कार्यालयले जनाएको छ ।