काठमाडौं, २३ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुणदलले केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
सातै वटा प्रदेशलाई समेटेर तरुणदलले बिहीबार केन्द्रीय परिचालन समिति गठन गरेको हो । कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा गठित ‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ को गत बैशाख २ गतेको निर्णय अनुसार स्थानीय तह निर्वाचन प्रदेश स्तरीय तरुण परिचालन समिति गठन गरेको हो ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारहरुलाई विजयी बनाउन सक्रिय रुपमा तरुण परिचालन गरिने तरुणदलका अध्यक्ष विद्धान गुरुङले बताए । उनले केन्द्रीय समितिद्धारा सातै प्रदेशमा स्थानीय तह निर्वाचन प्रदेश स्तरीय तरुण परिचालन समिति गठन गरिएको पनि जानकारी दिए ।













प्रतिक्रिया