पोखरा महानगरपालिकाः ३ हजार २ सय ७० मतले धनराजकाे अग्रता कायमै


पोखरा, जेठ ६ । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार २ सय ७० मत पुर्‍याएका हुन्।

हालसम्म ६५ हजार ४ सय ६२ मत गणना सम्पन्न हुँदा आचार्यले २६ हजार ९ सय ६८ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले २३ हजार ६ सय ९८ मत ल्याएर पछ्याइरहेका छन्।

त्यस्तै राप्रपाका शंकर खरालले २ हजार ७ सय ७५ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १ हजार ६ सय ७० मत प्राप्त गरेका छन्।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले झिनो अग्रता लिइरहेकी छन्। उनले नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई १६५ मतान्तरले पछि पार्दै अग्रता कायम राखेकी हुन्। नेपाली काँग्रेसकी कोपिला रानाभाटले २७ हजार २ सय ८४ मत ल्याएर अग्रता लिएकी छन्। उनलाई एमालेकी मञ्जुदेवी गुरुङले २७ हजार १ सय १९ मत ल्याएर पछ्याईरहेकी छन्। उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले २ हजार ५ सय ८८ मत प्राप्त गरेकी छन्।

Skip This

Omoda E5 Pro