सरकारको नीति तथा कार्यक्रम जेठ १० गते प्रस्तुत हुने


काठमाडौं, जेठ ७ । सरकारको नीति तथा कार्यक्रम जेठ १० गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ।

जेठ १० गते दिउँसो ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। प्रतिनिधिसभाको अर्को बैठक नीति तथा कार्यक्रम प्रस्तुत भएपछि २०७९ जेठ १० गते साँझ ६ बजे बस्नेछ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु हुँदै सभामुख अग्निप्रसाद सापकोटाले जेठ १० गते नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी गराएका छन्।

राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने बैठकमा उपस्थितिका लागि प्रतिनिधिसभाका सम्पूर्ण सदस्यलाई सभामुख सापकोटाले आह्वान गरेका छन् । सभामुख सापकोटाले बैठक सुरु हुनुभन्दा १५ मिनेट अगाडि उपस्थित हुन सबै सदस्यलाई अनुरोध गरेका हुन्

संविधानको धारा ९५ अनुसार राष्ट्रपति भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने पत्रमा उल्लेख गरिएको छ । गोरखापत्र दैनिकबाट

Skip This

Omoda E5 Pro