रेनुलाई गंगाको बधाई


काठमाडौं, १० जेठ । भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी भएकी छिन् । उनले एमालेका विजय सुवेदीलाई भारी मतान्तरले पराजित गरेकी हुन् । रेनु मेयरमा दोस्रो पटक विजयी भएकी हुन् । यसअघि उनी ०७४ को निर्वाचनमा विजय भएकी थिईन् ।

अहिले रेनुलाई बधाई दिनको ओइरो छ । आफ्नै बहिनी गंगा दाहालले पनि रेनुलाई बधाई दिँदै भरतपुर निर्माणको लागि नयाँ कार्यकाल सफल होस भन्ने कामना गरेकी छिन् । उनले फेशबुकमा लेखेकी छिन्-

भरतपुरवासी आमजनताले तपॉईको ईमान्दारीता, लगनशिलता र कामलाई मुल्यॉकन गरि आफ्नो अमुल्य एवं लोकप्रिय मत सहित दोश्रो कार्यकालका लागि महानगरको मेयरको रुपमा पूनः एकपटक निर्वाचित गरॉउदा हामी हर्षित एवं गौरवान्वित छौं। सम्बृद्ध एवं विकसित भरतपुर निर्माणका लागि तपॉईले देख्नुभएको सपना र वॉकि कार्यभार पुरा होस्। हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ❤️❤️??

Skip This

Omoda E5 Pro