विजयी जुलुसको तयारीमा बालेन शाहका समर्थक, यातायात सेवा प्रभावित हुनसक्ने


काठमाडौं, जेठ १२ । काठमाडौं महानगरपालिकाको प्रमुखमा जितनजिक पुगेका स्वतन्त्र उम्मेदवार बालेन शाहका समर्थकहरु काठमाडौंका विभिन्न स्थानहरुमा विजय जुलुसको तयारी गरिरहेका छन्।

मतपरिणाम घोषणा भएको केही समयपछि राष्ट्रियसभा गृहबाट सुरु हुने जुलुस भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालिमाटीबाट कलंकी, स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगलबाट पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा पुगेर समापन हुने जनाइएको छ। जुलुसको समयमा उपत्यकाको यातायात सेवा प्रभावित हुने देखिएको छ ।

Skip This

Omoda E5 Pro