राहदानी विभाग आइतबार पनि खुल्ने


काठमाडौं, जेठ १२ । राहदानी विभागले सरकारी विदाका दिन (आईतबार) पनि सेवा दिने भएको छ। सेवाग्राहीको उच्च्च चापका कारण विभागले आइतबार पनि विभाग खुला राख्ने निर्णय गरेको जनाएको छ।

जेठ १५ देखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जारी गरेको सुचनामा उल्लेख छ।

विद्युतीय राहदानी सहज रुपमा उपलव्ध गराउने नेपाल सरकारको नीति रहेको र राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढीरहेकोले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गर्न लागिएको विभागले सुचनामार्फत बताएकोछ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘राहदानीको लागि आवेदन दिइ सम्बन्धित दिनको मिति र समय बुकिङ गर्नुहुने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गइरहेको व्यहोरा अनुरोध छ।,’

Skip This

Omoda E5 Pro