हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्ने


काठमाडौं, जेठ २० । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ। त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्राडा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताइन्।

मानविकी सङ्कायले बुधबार स्नात्कोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्‍याएको थियो। ‘के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानविन गर्दछौँ,’ उनले भनिन्, ‘भविष्यमा यस्ता गल्ती नदोहोरिने गरी हामी अगाडि बढ्छौँ।’

उनले गत वर्षकै प्रश्नपत्र पनि यसपटक परीक्षामा हुबहु समावेश गर्नु गल्ती भएको बताएन्। ‘हामीले विज्ञ समूहलाई प्रश्नपत्र बनाउने जिम्मा दिन्छौं। विज्ञ समूहले जहिले पनि दुई सेट प्रश्नपत्र बनाएर दिनुहुन्छ,’ उनले भनिन्, ‘त्यहीमध्ये एउटा सेट प्रश्नपत्र परीक्षाका लागि समावेश गर्दा गत वर्षकै दोहोरिएको हो।’

साठी पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सबै गत वर्षमा नै सोधिएका प्रश्नपत्रसँग हुबहु मिलेको आजको नागरिक दैनिकमा खवर छ ।

Skip This

Omoda E5 Pro