काठमाडौं, १२ भदौ । त्रिभुवन विश्वविद्यालय प्रशासनले आयोजना गरेको पत्रकार सम्मेलन तनावग्रस्त भएको छ । त्रिविले पत्रकार सम्मेलन गर्न खोज्दा नेपाल विद्यार्थी संघ र एमाले निकट अनेरास्ववियुबीच झडप भएको हो ।
त्रिविको स्मृति हलमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
दुई विद्यार्थी संगठनबीच विवाद हुँदा झडपको क्रममा एक प्रहरी र दुई विद्यार्थी समेत घाइते भएको स्रोतले जनाएको छ ।
त्रिविले प्रश्नपत्रमा लापरवाही गरेको भन्दै उक्त कार्यमा सम्लग्न कर्मचारीहरुलाई कारवाहीको माग गर्दै नेविसंघले गत असारदेखि तालाबन्दी गर्दै आएको छ। सोही विषयमा त्रिविले पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको जनाइएको छ।




प्रतिक्रिया