काठमाडौं–६ बाट सबुज बानियाँ प्रत्यक्षतर्फ एकल सिफारिस


काठमाडौं, २२ भदौ । नेपाली कांग्रेस क्षेत्र नं ६ बाट प्रत्यक्ष तर्फ कृष्ण (सबुज) बानियाँ सिफारिस भएका छन् । काठमाडौ जिल्ला कार्यसमितीको पुर्ण बैठकले सो क्षेत्रबाट बानियाँलाई एकल सिफारिस गरेको हो ।

यसैगरी, काठमाडौं क्षेत्र नं ६ समानुपातिक तर्फ सांसद भिमसेनदास प्रधानको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ६ बाट प्रत्यक्ष तर्फ दुवै नेताको नाम आएता पनि जिल्ला कार्यसमितिले यो निर्णय दिएको हो।

लामो राजनीति यात्रा तय गर्दै राजनितीलाई जनताको सेवाका रुपमा मान्दै आएका बानियाँ हाल नेपाली कांग्रेस काठमाडौ जिल्ला सभापती हुन भने प्रधान बाहाल वाला सांसद हुन ।

विभिन्न सामाजिक काममा सकृय हुँदै आएको र धेरै भन्दा धेरै समय जनताको माझमा बस्न रुचाउने र जनताको समस्या लाई नजिक बाट नियालेर तेस्को समाधान गर्न रुचाउने बानियाँ क्षेत्र नं ६ का जनता माझ निकै नै परिचित र रुचाएको नाम हो ।

हामीसंग कुरा गर्दै बानियाँले भने,“आदरणीय नेता भिमशेन सर को भनाईलाई सापटी लिने हो भने उहाँले ‘कुनै पनि ब्यक्ति २ पटक भन्दा बढि एउटै पदमा बस्नु हुँदैन र नयाँलाई अवसर दिनु पर्दछ’ भनेर पार्टीमा अभियान नै चलाउदै आउनु भएको छ र अब उहाँ ३ पटक सम्म यस क्षेत्र बाट लड्दै गर्दा दुई पटक जित हासिल गरिसकेको हुनाले अब मलाई सहयोग गर्नेमा पुर्ण बिश्वस्त छु । यस क्षेत्रबाट निर्वाचित अधिकांश मेयर उप–मेयर, वडा अध्यक्ष, वडा सदस्य र वडा सभापति लगायत आम जनताको चाहना र सहयोग पनि मलाई नै रहेकोले गर्दा यो पटक मलाई टिकट दिएर यस क्षेत्रको जन–भावना र चाहानाको कदर हुनेछ र आदरणीय भिमसेन सर समानुपातिक मा स–सम्मान बस्नु हुनेछ भन्ने मलाई बिश्वास छ ।”

बानियाँ १४औ महाधिवेशनबाट दुई तिहाई मतसहित आफ्नो प्रतिद्वन्दीलाई हराउदै पुःन दोस्रो कार्यकालको लागि जिल्ला सभापतिमा निर्वाचित भएका थिए । भद्र, सालिन र सहयोगी भाब रहेका बानियाँ पार्टी भित्र निकै नै लोकप्रिय नेताको रुपमा चिनिन्छन् ।

Skip This

Omoda E5 Pro