डडेल्धुरामा चुनाव लड्न चन्दा उठाउदै सागर ढकाल


डडेल्धुरा, असोज १० । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका सागर ढकालले चन्दा संकलन गर्न थालेका छन्। ढकालले अनलाइनमार्फत चुनाव लड्न आर्थिक सहयोग गर्न अपिल गरेका हुन्।

प्रचारप्रसारको लागि आर्थिक सहयोग आवश्यक रहेको भन्दै उनले इसेवा, खल्ती वा बैंक खातामा पैसा जम्मा गर्नका लागि ढकालले सार्वजनिक अपिल गरेका हुन्।

चन्दा उठाएर चुनाव लड्न लागेको भन्दै ढकालको विरोध हुन थालेको छ। ५ वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर गुल्मीका ढकाल त्यसपछि चर्चामा आएका थिए।

Skip This

Omoda E5 Pro