काठमाडौं, ११ असोज । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । बैठकमा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सिट बाँडफाँटका बारेमा छलफल भइरहेको जनाइएको छ ।
आगामी असोज १६ गते अर्थात दशैँ अगाडी नै सिट बाँडफाँट टुंगो लगाइसक्ने गठबन्धनका नेताहरुले दाबी गरेका छन । यसअघि नै निर्वाचनका लागि तालमेल गर्ने निर्णय गर्न सिट बाँटफाँटका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल समेत गठन गरेको भएपनि आजसम्म टुंगो लाग्न सकेको छैन ।
१६५ संघीय निर्वाचन क्षेत्र मध्ये १३५ क्षेत्रमा सिट बाँडफाँट मिलेको सघिय तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले बताएका छन ।




प्रतिक्रिया