प्रचण्ड कालिकोट पुग्दा उर्लियो जनसागर, महेन्द्रलाई जिताए मन्त्री बनाउने वचन


काठमाडौं, २२ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ चुनावी प्रचारको लागि कालिकोट पुगेका छन् । उनी कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन् । सो क्रममा जसागर उर्लिएको छ । चुनावी सभामा सम्बोधन गर्दै दाहालले प्रतिनिधिसभा चुनावमा महेन्द्रबहादुर शाहीलाई निर्वाचित गराए आफूले मन्त्री बनाउने वचन दिएका छन् ।

उनले भने, ‘महेन्द्र शाही कमरेडलाई जिताउनुहोस, म मन्त्री बनाउँछु । उहाँले यहाँको मुख्यमन्त्री हुँदा राम्रो काम गर्नुभएको छ । यो पटक उहाँलाई जिताएर पठाउनुस्, क्याविनेटको मन्त्री बनाएर म पठाउँछु ।’

उनले अहिलेको पाँच दलीय गठबन्धन अग्रमनको पक्षमा उभिएकोले गठबन्धनका उम्मेदवारलाई जिताउनपनि अपिल गरे । उनले मंसिर ४ गतेको निर्वाचन अग्रमन र प्रतिगमनबीचको लडाई भएको भन्दै सो निर्वाचन आफूहरुले नै जित्ने दाबी गरे ।